गुगलका सीईओ पिचाइलाई मनपर्ने खाना छोले-भटुरे



‘विश्व एआई परिदृश्यमा भारत राम्रो अवस्थामा छ । यसको ट्रेन्ड बुझ्नुपर्छ । र एआई इनोभेसनको क्षेत्रमा भारतले नेतृत्व गर्नसक्छ ।’

एजेन्सी । गुगलका सीईओ सुन्दर पिचाइले हालै आफ्नो मनपर्ने भारतीय खाना र भारतमा आर्टिफिसियल इन्टेलिजेन्समाथि आफ्नो विचार राख्दै भारतका विभिन्न क्षेत्रमा मौलिक खानाको परिकार रहेको बताएका छन् ।

चर्चित युट्युबर वरुण मैयासँग पडकास्टमा पिचाइले इन्डियन जब मार्केटमा एआईको प्रभावबारे पनि इन्जिनियरहरुलाई सुझाव दिएका थिए ।

‘जब म बैंगलुरुमा हुन्छु मेरो मनपर्ने खाना डोसा हुन्छ । तर दिल्लीमा हुँदा छोले-भटुरे मनपर्छ । र मुम्बइमा पुग्दा चाहिँ पाव भाजी मेरो मनपर्ने खाना हुन्छ,’पिचाइले भनेका छन् । यसैबीच उनले भारतमा एआईको प्रभावबारे गहन प्रतिक्रिया दिएका थिए ।

यस क्रममा उनले विश्व एआई दृश्यमा भारतको भूमिकाबारे जोड दिएका थिए । यस्तै भारतमा रहेका दक्ष इन्जिनियरिङ युवाहरुका कारण एआई इनोभेसनमा भारतले नेतृत्व गर्ने क्षमता रहेको उनले बताएका थिए ।

‘मलाई लाग्छ कि भारत एकदम राम्रो अवस्थामा छ । भारतका लागि यो नै राम्रो अवस्था हो । भारत डेभलपर्स, इन्जिनियरिङ ट्यालेन्टको एक असाधारण आधार हो । उनीहरुले यसको ट्रेन्ड बुझ्नु आवश्यक छ । जसले भारतका लागि वा विश्वकै लागि अर्थ राख्छ,’ पिचाइले भनेका छन् ।

युट्युबर वरुणले गुगल जस्तो टप कम्पनीहरुमा प्रवेश गर्न चाहने भारतीय युवाहरुका लागि कडा प्रतिस्पर्धा हुने प्रतिक्रिया दिएका थिए । पिचाइले भने सतही ज्ञानको सट्टा प्रविधिको गहिरो बुझाइ हुनुपर्ने बताएका थिए ।


क्लिकमान्डु