टिकटकमा भाइरल बनेको उत्तर कोरियाली गीत दक्षिण कोरियाले किन प्रतिबन्ध लगायो ?



एजेन्सी । पछिल्लो समय टिकटकमा भाइरल बनिरहेको उत्तर कोरियाली शासक किम जङ उनको प्रख्याती र प्रशंसा भरिएको गीत र भिडियो दक्षिण कोरियाले प्रतिबन्ध लगाएको छ ।

दसौं लाख मानिसले अवलोकन गरिसकेको उक्त म्युजिक भिडियोलाई दक्षिण कोरियाले ‘मनोवैज्ञानिक युद्ध’को संज्ञा दिँदै प्रतिबन्ध लगाएको हो ।

उक्त म्युजिक भिडियोमा उत्तर कोरियाली शासक किम जङलाई एक महान नेता र मिलनसार अभिभावक को रुपमा प्रशंसा गरिएको पाइन्छ । साथै यसलाई उत्तर कोरियाको एक प्रोपोगान्डा पनि भनिएको छ । फ्रेन्ड्ली फादर नाम दिइएको उक्त भिडियोको पहु्ँच रोकिएको सोमबार सोलस्थित मिडिया निगरानी गर्ने निकायले सोमबार घोषणा गरेको हो ।

उत्तर कोरियाको सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार उक्त गीतलाई गत अप्रिलमा राजधानी प्योङयाङस्थित एक रात्रिकालीन सांगीतिक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।

गीतको शब्दले उत्तर कोरियाली शासक किमलाई एक महान नेता र फ्रेन्ड्ली अभिभावकको रुपमा प्रचार गरेको पाइन्छ । र म्युजिक भिडियोमा उत्तर कोरियालीहरु उत्साही हुँदै अर्क्रेस्ट्रा बजाउँदै किमले आफूहरुलाई प्रेम र हेरचाह गर्छन् भनिरहेको देखिन्छन् ।

उक्त म्युजिक भिडियो छोटो समयमै अनपेक्षित रुपमा टिकटकमा भाइरल बनिरहेको छ । तर यसलाई दक्षिण कोरियाविरुद्ध मनोवैज्ञानिक युद्ध भन्दै दक्षिण कोरियाले प्रतिबन्ध लगाएको हो ।

उत्तर कोरियाले यस्ता प्रचार सामग्री सार्वजनिक गर्नु र दक्षिण कोरियाले आफ्नो देशमा तिनलाई प्रतिबन्ध लगाउनु असामान्य घटना भने हैन । दक्षिण कोरियामा पहिलेदेखि नै उत्तर कोरियाका सरकारी वेबसाइट र मिडियो हेर्न प्रतिबन्ध लगाइएको छ ।


क्लिकमान्डु