कांग्रेले उठाएको माग अनुसार संसदीय छानविन समिति नबनाएसम्म संसद चल्दैनः गगन थापा



काठमाडौं । कांग्रेले उठाएको माग अनुसारकै संसदीय छानविन समिति नबनाएसम्म संसद नचल्ने कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

आइतबार गृह मन्त्री रवि लामिछानेले संसदमा लगाएको आरोप र कांग्रेसमाथि उठाएको प्र्रश्न लामिछानेको आफूलाई चोख्याउनुपर्छ भन्ने आशयको मात्रै भएको दाबी थापाले गरे ।

थापाले आइतबार साँझ पत्रकार सम्मेलन गरेर कांग्रेसले जुन उद्देश्य राखेर संसदीय छानविन समिति बनाउन खोजेको हो त्यहि अनुसार नभएसम्म संसद अगाडि नबढ्ने बताएका छन् ।

थापाले भने ‘लामिछानेले त मेरो बारेमा छानविन समिति बन्दैन, बन्न हुँदैन भनेर लामिछानेले भन्न खोजे । लामिछानेले गल्ती नगरे सँगै राजनीति गर्ने र गल्ती गरेको देखिए सजायँ भोग्नुपर्छ ।’

थापाका अनुसार लामिछाने मुछिएको सूर्यदर्शन सहकारीकै फाइल पहिला खोल्ने र गोर्खा मिडियामा भएको सहकारीकै पैसाको खोजी हुने दाबीसमेत गरेका छन