पेट्रोलमा ७ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँले घट्यो




काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले भारतबाट मूल्य घटेर आएकोले नेपालमा पनि पेट्रोलमा ७ र डिजेलमा ५ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ ।

निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ७५ पैसा र डिजेलमा ५ रुपैयाँ ९ पैसा घटेर आएकोले आज राति १ बजेबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएको छ।

घटेको मूल्य अनुसार अब काठमाडौंमा प्रति लिटर पेट्रोलको १७१ र डिजेल तथा मट्टितेलको मूल्य भने १५४ रुपैयाँ पर्ने छ । ग्यासको मूल्य भने यथावत छ


क्लिकमान्डु