रविमाथि आरोप लगाएर फैसला सुनाउन कांग्रेस सांसदहरु न्यायाधीश होइनन्: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाउँदै फैसला सुनाउने कांग्रेसका सांसदहरू न्यायाधीश नभएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा ओलीले कांग्रेसले राजनीतिक स्वार्थ पूरा नभएकाले अर्कोलाई अपराधी जस्तो गरेको उनको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले संसदमा बोल्न दिन माग गरे पनि कांग्रेसले अवरोध गरेको उनको भनाइ छ । आफूलाई लोकतान्त्रिक भन्ने पार्ट कांग्रेसलाई यो विषयले शरम लाग्नु पर्ने उनको भनाइ छ ।

‘सांसदहरूले बोल्नै नपाउने, आरोपित गर्ने अनि बोल्नै नपाउने कस्तो खालको ? लोकतन्त्र भन्न अप्ठ्यारो लाग्दैन कांग्रेसलाई, कुनै माननीयमाथि व्यक्ति तोकेर आरोप लगाएपछि ? को न्यायाधीश हुन्छ नेपाली कांग्रेस, कुन सांसद न्यायाधीश हुन्छ फलानो अपराधी नै हुन्छ भनेर ?,’ ओलीले भने,’राजनीति स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? आफ्नो तर्फ आउन मानेन भने अपराधी भइहाल्ने ? कांग्रेसलाई शरम लाग्नुपर्छ ।’

ओलीले कांग्रेसले संसद चल्न नदिएको तर आफूहरुमाथि आरोप लगाइरहेको उनले बताए । ओलीले कांग्रेस दादागिरीले चल्ने ठाउँ नभएको बताए ।

‘कांग्रेसका मान्छेहरू एमालेका विभिन्न नेताहरूमाथि मर्यादाहीन ढंगले आरोप उचालेर हिँडेका छन् । अहिले सदन चल्न पनि एमालेले नदिएको भनिरहेको छ । कांग्रेसकाले प्रधानमन्त्री र रवि लामिछानेले पनि चलाउँ भनिरहेका छन्, एमालेले चलाउन दिएको छैन भन्छन् । हामीले पनि चलाउनुपर्छ भनिरहेका छौं,’ ओलीले भने, ‘संसद भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन । विधि र नियमले चल्छ । लोकतान्त्रिक तरिकाले चल्नुपर्छ ।’


क्लिकमान्डु