नेफ्स्कूनले ६० जनालाई व्यवस्थापकदेखि क्यासियरसम्मका विषय पढाउने



काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)ले ६० जनालाई पढाउने भएको छ ।

नेफ्स्कूनले सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरी व्यवस्थापन गर्ने उद्देश्यले ६० जनालाई पढाउन लागेको जनाएको छ ।

नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) सँगको सम्बन्धनमा कक्षा सञ्चालन हुनेछ । स्नातक उत्तिर्ण भएका २० जनालाई सहकारी व्यवस्थापक, एसईई उत्तिर्ण २० जनालाई बचत तथा ऋण परिचालन र एसईई उत्तिर्ण २० जनालाई रिसेप्सनिष्ट कम क्यासियरको कक्षा सञ्चालन हुनेछ ।

अनलाइनबाट असार २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन निशुल्क दिन सकिने छ । यसमा २० प्रतिशत सैद्धान्तीक र ८० प्रतिशत व्यवहारिक कक्षा सञ्चालन हुनेछ ।


क्लिकमान्डु