अमेरिकाले चिनियाँ विद्युतीय सवारीमा भन्सार शुल्क ४ गुणा बढायो, चीनले दियो यस्तो चेतावनी



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले चीनमा बनेको विद्युतीय कार, सोलार प्यानल, स्टील र अन्य उत्पादनमा फेरि कर बढाएको छ ।

ह्वाइट हाउसले ताजा परिवर्तनले चिनियाँ विद्युतीय कारमा १ सय प्रतिशत सीमा शुल्क पनि रहेको जनाएको छ ।

करमा वृद्धि अनुचित नीतिको जवाफमा र अमेरिकामा रोजगारी सुरक्षित राख्ने उद्देश्यले गरिएको ह्वाइट हाउसले जनाएको छ ।

चीनले आफ्नो देशमा बनेको विद्युतीय कार लगायतका उत्पादनमा अमेरिकाले बढाएको करको बिरोध गर्दै चाँडै जवाफी कारबाही गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

विश्लेषकहरुले यो भन्सार शुल्क व्यापक स्तरमा केबल प्रतिकात्मक हो र यसको उद्देश्य यस चुनावी वर्षमा भोट बढाउनु रहेको छ ।

ह्वाइट हाउसले मंगलबार जुन भन्सार शुल्कको घोषणा गरेको छ त्यसले करिब १८ अर्ब डलरको आयातमा असर गर्ने छ ।

चिनियाँ विद्युतीय सवारीमा भन्सार शुल्कलाई २५ प्रतिशत बढाएर १०० प्रतिशत बनाइएको छ भने सोलार सेलमा २५ प्रतिशत बढाएर ५० प्रतिशत बनाएको छ ।

त्यस्तै केही स्टील र एल्युमिनियम उत्पादमा भन्सार शुल्क ७.५ प्रतिशतले बढाएर २५ प्रतिशतसम्म बनाइएको छ।

यसको जवाफमा चीनका वाणिज्य मन्त्रालयले यो नयाँ कदमले ‘द्विपक्षीय सहयोगको माहोललाई नराम्रोसँग प्रभावित गर्ने’ जनाएको छ ।

मन्त्रालयले आर्थिक विषयलाई अमेरिकाले राजनीतिकरण गरेको आरोप लगाएको छ ।


क्लिकमान्डु