![](https://clickmandu.com/wp-content/uploads/2024/05/ramchandra-paudel5.png)
काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्ने गरी सरकारले काम गर्ने बताएका छन् । राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतदेखि सरकारले घोषणा गर्दै आएको भू-उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकार बीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने विषय समेटिएका छन् ।
यस्तै, ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाईं सुविधा पुर्याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।
प्रतिक्रिया