आर्थिक वृद्धिदरमा सुधार आएको छ: राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वृद्धिदरमा सुधार आएको बताएका छन् । मंगलबार संघीय संसद्‍को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

यस क्रममा उनले वर्तमान सरकारले आर्थिक सुधार तथा भ्रष्टाचार नियन्त्रणमा मुख्य जोड दिएको बताए । साथै सामाजिक न्याय अर्थतन्त्रको सवलीकरणलाई सरकारले केन्द्रमा राखेको बताए ।

यस क्रममा राष्ट्रपति पौडेलले अर्थतन्त्रमा सुधार आएको बताएका छन् । आर्थिक बृद्धिदरमा सुधार आएको र मुद्रा स्फिति भने घटेको बताए । साथै बैंकको ब्याजदरसमेत घटेकोले अर्थतन्त्र सहज भएको उनले बताए । साथै देशभर विद्युत पहुँच बढेको र जलविद्युत उत्पादनमा सहजता आएको उनले बताए ।

यस्तै कर प्रणालीमा सुधार गरिने, करको दायरा बढाइने साथै अन्तर्राष्ट्रिय भुक्तानी व्यवस्थालाई सहज बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । बैंक तथा लघुवित्त सहकारी लगायतमा देखिएका समस्या समाधान गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति पदडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बन्द तथा रुग्ण व्यवसालाई सञ्चालन गरिने पनि बताएका छन् । साथै आन्तरिक र वाह्य लगानीको लागि उचित वातावरण बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।


क्लिकमान्डु