कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को अपरेटिभबाट ५८ करोड ७९ लाख ठगी, अध्यक्ष पक्राउ, १३ जना फरार



काठमाडौं । ललितपुरमा रहेको कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभले २९९ जनाको ५८ करोड ७९ लाख ४९ हजार १६८ रुपैयाँ रकम ठगी गरेको पाइएको छ ।

बचतकर्ताको रकम ठगीमा १४ जना संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी परेको छ जसमध्ये १ जना पक्राउ परेका छन् भने अन्य फरार रहेका छन् ।

सहकारीका अध्यक्ष पक्राउ परेका छन् । प्रहरीले कोशी प्रदेश ओखलढुंगा सिद्धीचरण नगरपालिका-१२ का
लिलाबहादुर गुरुङलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–४ मा रहेको सहकारीका अध्यक्ष गुरुङलाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौ महानगरपालिका १८ बस्ने सहकारीका संचालक सदस्य रोशन मान वैद्य, सञ्चालकहरु काठमाडौ महानगरपालिका-९ बस्ने राम कृष्ण जयखु श्रेष्ठ, काठमाडौ महानगरपालिका १६ बस्ने मोहन कृष्ण गुरुड, ललितपुर महानगरपालिका-२० बस्ने चण्डिका श्रेष्ठ जोशी, ललितपुर गोदावरी नगरपालिकाका मुंङ्गा गुरुङ्ग, ललितपुर महानगरपालिका-१२ का सरिता महर्जन फरार रहेको प्रहरीले जनाएको छ ।

यस्तै सहकारीका लेखा समिति संयोजक ललितपुर महानगरपालिका-१ कुपण्डोलका ७९ वर्षका वीरेन्द्र कुमार बाटाजु, लेखा समिति सदस्य बर्ष ५५ का किरणमान सिं, लेखा समिति सदस्य सुस्मिता बम्जन, सहकारीको तत्कालिन जावलाखेल स्थित केन्द्रको शाखा प्रमुख तथा पुर्व सिईओ नन्दा कुमारी बम्जन, सहकारीका हालका सिईओ रामहरी अधिकारी फरार रहेका छन् । यस्तै सहकारीका लोन अधिकृत प्रदिप तण्डुकार र लोन शाखा प्रमुख कृष्ण नेपाल फरार रहेका छन् ।

यो मुद्दामा २९९ जना जाहेरवालाहरुको जाहेरी दरखास्तमा उल्लेखित ठगी भएको रकम र बिगो मुलुकी अपराध संहिता,२०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरुवाट जाहेरवालाहरुलाई दिलाई भराई पाउन समेतको मागदावी लिइएको छ ।

कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष लिला बहादुर गुरुङ, रोशन मान वैद्य, राम कृष्ण जयखु श्रेष्ठ, मोहन कृष्ण गुरुङ, सदस्य चण्डिका श्रेष्ठ जोशी, मुंगा गुरुङ, सरिता महर्जन, लेखा संयोजक बिरेन्द्र कुमार बाटाजु , लेखा समितिका सदस्यहरु सुस्मिता बम्जन, किरणमान सिं, त्यस्तै कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लि।को तत्कालिन जावलाखेल स्थित केन्द्रको शाखा प्रमुख तथा पुर्व सिईओ नन्दा कुमारी बम्जन, हालको सिईओ रामहरी अधिकारी, ऋण शाखा प्रमुख कृष्ण नेपाल, ऋण अधिकृत प्रदिप तण्डुकारलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ९१० मा निषेधित र उपदफा ९२० मा परिभाषित ठगीको कसूरमा सोही संहिताको दफा २४९ को उपदफा ९३० को देहाय खण्ड ९ग० बमोजिम सजाय हुन माग दाबी लिइएको छ ।

सहकारीले आकर्षक ब्याज, सुविधा समेतको प्रलोभनमा पारी, बचतकर्ताहरुको रकम फिर्ता नगरी ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु