रवि संलग्न सहकारी ठगीको अनुसन्धान गर्ने प्रहरी अस्पताल जानुपर्ने अवस्था बन्यो: गगन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणबारे रुपन्देहीमा अनुसन्धान गर्ने प्रहरी अस्पतालमा भर्ना हुने अवस्था बनेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद थापाले सुप्रिम सहकारीमा ठगीका विषयमा अनुसन्धान गरिरहेका प्रहरीका वरिष्ठ सई तनाव खेप्न नसकेर अस्पताल भर्ना हुनु परेको दाबी गरेका हुन् ।

‘रुपन्देहीमा सहकारी ठगीको अनुसन्धान गर्ने प्रहरी वरिष्ठ सई उपचार गर्न बाँसबारी आइपुग्नु भयो । दबाब खेप्न नसकेर स्वास्थ्य उपचार गर्ने क्रममा गंगालाल अस्पताल जानुपर्ने अवस्था बनेको छ, तिनको हालत कसले त्यस्तो बनायो ?,’ थापाले प्रश्न गरे, ‘प्रहरी महानिरीक्षकलाई सोध्नु भए हुन्छ ।’

थापाले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीका विषयमा सत्यतत्य तोडमोड गरिसकेको आरोप लगाउँदै यति हुँदा हुँदै पनि आफूहरुसँग पर्याप्त प्रमाण भएको दाबी गरे ।

‘उहाँले सत्यतथ्य तोडमोड गर्ने गरिसक्नु भयो, तथापि हामीसँग यति धेरै प्रमाण छन् कि ती पुष्टि हुन्छन् । जसको आधारमा हामी जे कुरा भनिरहेका छौं, पुष्टि हुन्छ भन्ने सतप्रतिशत विश्वास छ,’ थापाले भने ।

थापाले यदी लामिछाने गलत पुष्टि नभए आफूले राजनीति छाडिदिने बताए । सञ्चारमाध्यममा निस्केका तथ्य प्रमाण नै उनी दोसी हुन् भन्नका लागि पर्याप्त रहेको उनको भनाइ छ ।

लामिछाने गलत पुष्टि नभए कांग्रेस पार्टीमाथि नै चुनौती रहने उनको भनाइ छ


क्लिकमान्डु