कांग्रेसका सांसदले घेरे गृहमन्त्री लामिछानेलाई



काठमाडौं । शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेलाई घेरा हालेका छन् ।

प्रतिनिधि सभा बैठकमा रोष्टममा गएर बोल्न खोजेको गृहमन्त्री लामिछानेलाई कांग्रेसका सांसदहरुले रोकेका हुन् ।

कांग्रेसका सांसदले सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर, संसदिय छानविन समिति गठन गर भन्दै नाराबाजी गरेका छन् ।


क्लिकमान्डु