संसदभित्रै कांग्रेसको नाराबाजीः सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।
कांग्रेसका सांसद रामहरी खतिवडाले बैठकमा सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, संसदिय छानविन समिति गठन गर भन्दै नाराबाजी गरेका छन् ।
खतिवडाले नारा लगाउन थालेपछि कांग्रेसका सबै सांसदहरुले एक स्वरका साथ नाराबाजी गरेका हुन् ।