सोल्टी होटलको नाफा ४१ करोड, नौ महिनामा होटलले कमायो १ अर्ब ६८ करोड



काठमााडौं । सोल्टीमोडमा रहेको पाँचतारे होटल सोल्टीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (पहिलो नौ महिना)मा १ अर्ब ६८ करोड रुपैयाँ कमाएको छ ।

यो होटलले यस्तो आम्दानीबाट ४१ करोड २३ लाख रुपैयाँ खुद मुनाफा कमाएको होटलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपस्किृत वित्तीय विवरणमा उल्लेख छ ।

यो होटलले गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानीबाट गत वर्ष सोल्टी होटलले ३७ करोड ११ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको पनि होटलले जानकारी जानकारी दिएको छ ।

सोल्टीले चालु आर्थिक वर्षका कमाएको १ अर्ब ६८ करोड रुपैयाँबाट १ अर्ब १६ कराड रुपैयाँ खर्च गरेको छ । यस्तो खर्च गत कमाएको कुल आम्दानीबाट १ खर्ब ४ करोड रुपैयाँ मात्रै थियो ।

कोभिडपछि पर्यटक आगमन बढ्दा होटललको नाफामा सुधार हुँदै गएको होटलले जानकारी दिएको छ ।


क्लिकमान्डु