आज सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आ‍ज (बिहीबार) सुनको मूल्य घटेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु