अघिल्लो बजेटले मर्जरलाई छुट दिने र पछिल्लोले कर लगाउने गर्दा नकारात्मक सन्देश गयो: चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति र बजेटको तालमेल मिल्ने गरि बजेट ल्याउन जरुरी रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको प्रि-बजेट राउन्टेबल कार्यक्रममा ढकालले अबको बजेट लगानी दशकको रुपमा हुनेगरी ल्याउन आवश्यक रहेको बताए ।

उनले कम्तिमा १०० जनालाई रोजगारी दिने उद्योग भए त्यसलाई सहुलियत दिने नीति लिन सुझाव दिए ।

अध्यक्ष ढकालले अघिल्लो बजेटले बैंक मर्जरलाई छुट दिए पनि पछिल्लो बजेटले कर लगाउँदा नकारात्मक सन्देश गएको उनले बताए । ‘अघिल्लो बजेटले बैंक मर्जरलाई छुट दिने र पछिल्लो बजेटले कर लगाउने गर्दा यसले राम्रो सन्देश जाँदैन,’ ढकालले भने ।

अहिले धेरै नियामक हुने हुँदा समस्या सिर्जना हुने गरेको र यसलाई एकै निकायबाट नियमन हुने ब्यबस्था मिलाउन उनले सुझाव दिए ।

अध्यक्ष ढकालले चैत मसान्तको बैंकको रिपोर्ट धेरै चिन्ताजनक रहेको बताए । उनले धेरै बैंकको नाफा घटेको, वितरणयोग्य नाफा ऋणात्मक रहेको उल्लेख्य गरे । बैंकमा समस्य आए त्यसले धेरै क्षेत्रमा असर पार्ने उनको भनाइ छ ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषबाट पूर्वाधार क्षेत्रमा लगानी गर्ने नीति बनाउनु पर्ने उनको सुझाव छ ।


क्लिकमान्डु