नेपाल आउँदै चेरीको सब–ब्रान्ड ‘काई एक्स-३प्रो’



काठमाडौं । एल आरआर ग्रुपले चीनमा निर्मित चेरीको सब–ब्रान्ड काई एक्स–३ प्रो विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ ।

नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई लक्षित गरेर एल आरआर ग्रुपले विद्युतीय गाडी भित्र्याउन लागेको हो ।

कम्पनीका अनुसार चेरीको सब–ब्रान्ड काई एक्स–३प्रो एक महिनाभित्र परीक्षणका लागि नेपाल ल्याउने तयारी भइरहेको छ। एल आरआर ग्रुपले काई एक्स–३प्रो दुई भेरियन्टमा नेपाली बजारमा बिक्री गर्नेछ ।

यसमा ५२.७ किलोवाट आवरको ब्याट्री प्याक रहेको गाडीमा ५२.७ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले सिंगल चार्जमा ४०१ किलोमिटर रिमाइन्डर रेन्ज दिने कम्पनीको दाबी छ ।

काई एक्स–३प्रो मा क्याटलको लिथियम फस्फेट ब्याट्री जडान गरिएको छ। यो गाडी ४५ मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।

यसमा १९० एएएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । काई एक्स–३प्रो गाडीको लम्बाइ ४४०० एमएम, चौडाइ १८३१ एमए, उचाइ १६५३ एमएम छ । काई एक्स–३प्रो ५ सिटे क्षमताको गाडीको ह्वीलवेस २६३२ एमएम छ ।


क्लिकमान्डु