ईभीको डरले २० प्रतिशतले नाफा घट्ने अनुमान गरेको टोयोटाको व्यापारमा कसरी आयो उछाल ?



एजेन्सी । चालु आर्थिक वर्षमा २० प्रतिशतले नाफा घट्ने अनुमान गरेको टोयोटा मोटर्सको व्यापारमा उछाल आएको छ । कम्पनीले बुधबार मात्रै पत्रकार सम्मेलन गर्दै २० प्रतिशतले व्यापार घट्ने अनुमान गरे पनि चौथो त्रैमासिकमा ब्लगबस्टर (अतिनै उत्साहजनक) आम्दानी गरेपछि यो वर्षको व्यापार सकारात्मक रहेको टोयोटाले जनाएको छ ।

विश्वको सबैभन्दा धेरै बिक्री हुने अटोमेकरको नतिजाको अपेक्षाविपरीत टोयोटाको व्यापार निकै सकारात्मक देखिएको छ । टोयोटाको पहिलो त्रैमासिकमा सञ्चालन नाफामात्रै ७८ प्रतिशतले बढेको छ । रोयटर्सका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा ५ खर्ब ३५ अर्ब जापनी येन (३४ अर्ब ५० करोड अमेरिकी डलर)को व्यापार गरेको छ । जुन जापानीज कम्पनीले पहिलो पटक ५ खर्ब यानको व्यापार गरेर नयाँ रेकर्ड बनाएको छ ।

कमजोर येनका बावजुद ब्यापारलाई बढावा दिइएको टोयोटाले उल्लेख गरेको छ । अहिले विश्वभर विद्युतीय सवारी साधनहरुको माग बढ्दो क्रममा रहे पनि टोयोटाले विद्युतीय सवारीको व्यापारमा चुनौती दिएको छ । विश्वभर स्थापित भइसकेको टोयोटाले विभिन्न चुनौतीका बाबजुद उच्च व्यापार गरेको पाइएको छ ।

जापानी अटोमेकरहरुले आफ्नो मल्टी-पाथवे रणनीति क्यापेनिङ हाइब्रिड र प्लग-इन हाइब्रिडहरू साथै विद्युतीयलाई पछ्याएकोमा लामो समयदेखि आलोचना गरिएको थियो । तर, टोयोटाले विद्युतीय सवारीको ड्राइभिङ दायराहरु बढाएको र चार्जिङ स्टेसनहरूको उपलब्धताको बारेमा उपभोक्ताको चासोलाई ध्यानमा राख्दै लगानी गर्दा बजार निकै प्रभावकारी भएको पाइन्छ ।

चालु आर्थिक वर्षमा २० प्रतिशतले नाफा बढ्दा सन् २०२५ मा भने २० प्रतिशतले कम व्यापार हुने अनुमान गरिएको छ । जसमा कम्पनीले सन् २०२५ को मार्चसम्ममा २० प्रतिशतले व्यापारमा कमी आई ४ खर्ब ३० अर्ब यानको व्यापार हुने अनुमान गरेको छ।

टोयटाका सीईओ कोजी सातोले टोयोटाको आपूर्ति श्रृङ्खलालाई दृढताका साथ सुरक्षित गर्न लगानी गरिरहेको बताएका छन् । उनका अनुसार कम्पनीले धेरै क्षेत्रहरुमा केही हदसम्म परिवर्तन गर्न आवश्यक छ । त्यसैले टोयोटाले अटोमेकरबाट मोबिलिटी कम्पनीमा फड्को मार्दा उत्पादन प्रक्रियामा परिवर्तन भएको उल्लेख गरेको छ ।

त्यस्तै टोयोटाले यही वर्ष १ खर्ब ७० अर्ब येन लगानी गर्ने योजना बनाएको छ । कम्पनीले एआई र सफ्वेयरमा उक्त रकम लगानी गर्ने भएको हो । २५ वर्षभन्दा लामो अवधिमा पहिलो पटक प्रियस ब्राण्डको हाइब्रिड गाडी उत्पादन गर्दै इतिहास बनाएको टोयोटाले लेक्सस लक्जरी ब्राण्डसहित चालु आवमा १ करोड ३ लाख गाडी बिक्री गरेको छ ।

तर टोयोटाले गएको वर्षको अन्त्यसम्ममा विश्वबजारमा विद्युतीय सवारी बिक्रीमा १ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले गएको वर्षको अन्त्यसम्ममा २ लाख २ हजार विद्युतीय गाडी बिक्री गर्ने लक्ष्य लिएको थियो । तर गएको वर्षसम्ममा कम्पनीले १ लाख १६ हजार ५ सय वटा मात्रै बिक्री गरेको छ । जुन कम्पनीले अपेक्षा गरकोभन्दा निकै कम हो । त्यस्तै कम्पनीले चालु आर्थिक वर्षमा भने १ लाख ७१ हजार विद्युतीय ब्याट्री बिक्री हुने अपेक्षा गरेको छ ।


क्लिकमान्डु