चीनमा टेस्लाको रोबोटिक्स सार्वजनिक गर्ने मस्कको प्रस्ताव



एजेन्सी । एलन मस्कले चीनमा टेस्लाको एड्भान्स ड्राइभर सहायता प्याकेजलाई रोबोटिक्समा जोडेर परीक्षण गर्ने प्रस्ताव गरेका छन् । आफ्नो चीन भ्रमणको क्रममा मस्कले यस्तो प्रस्ताव गरेको कुरा विभिन्न स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । चिनियाँ अधिकारीहरु भने मस्कको यस्तो प्रस्तावप्रति सकारात्मक भएका छन् साथै यसले एक उत्तम उदाहरण स्थापित गर्नेमा आशावादी रहेका छन् ।

यद्यपि उनीहरुले प्रस्तावलाई तत्कालै औपचारिक रुपमा स्विकृत गरेका छैनन् । टेस्लामा पूर्ण रुपमा रोबोटिक्स फङ्सन जडान गर्नका लागि उसले डेटा संकलन र स्थानान्तरणको अनुमति लिनुपर्ने हुन्छ । तर मस्कको चीन भ्रमणको क्रममा यसबारे विस्तृतमा छलफल नभएको स्थानीय पत्रपत्रिकाले लेखेका छन् ।

टेस्लाले सांघाइमा रहेको आफ्नो सबैभन्दा ठूलो फ्याक्ट्री भएको स्थानमा रोबोटिक्स जडान परीक्षणका लागि आवेदन दिएको पनि बताइएको छ । यदयपि टेस्ला र सांघाइ सहरले यस्तो आवेदनबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । टेस्लाका सीईओ एलन मस्कको चीन भ्रमणपछि यस्तो समाचार बाहिरिएको हो । उक्त भ्रमणमा मस्कले चिनियाँ प्रधानमन्त्री लि कियाङसँग पनि भेट गरेका थिए ।

मस्कको उक्त भ्रमण फूल सेल्फ ड्राइभबारे छलफल गर्नेमा केन्द्रित थियो । यससँगै टेस्लाले डेटा स्थानान्तरणको लागि चीन सरकारको अनुमति पाउने निश्चित गर्थ्यो । एफएसडी अटोपाइलट सफ्टवेयरको सबैभन्दा स्वायत्त भर्सन हो । जुन पहिलोपटक २०२० मा टेस्लाले लन्च गरेको थियो । यसले सेल्फ पार्किङ, अटो लेन परिवर्तन र ट्राफिक निर्देशन पनि गराउँछ ।

टेस्लाले बैबुसँग पनि यसअघि एक सम्झौता गरेको थियो । जसअनुसार चीनका सडकमा डेटा संकलनका लागि चिनियाँ प्रविधिको म्यापिङ लाइसेन्सको प्रयोग गर्नका लागि नयाँ बाटो खोलिदिएको थियो । र यसलाई चीनमा एफएसडी परीक्षणका लागि बाटो खुलेको पनि बताइन्छ । तर बैबुले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । गत महिना टेस्लाले रोबोटिक्स उत्पादनबारे उल्लेख गरेको थियो । यसलाई टेस्लाले क्रान्तिकारी निर्माणको संज्ञा पनि दिएको थियो । तर यसलाई कहिले सार्वजनिक गर्ने भन्नेबारे केही बताइएको छैन ।


क्लिकमान्डु