वायुसेवा निगमले गर्यो जुम्लाबाट हृदयघातका विरामीको उद्दार उडान




काठमाडौं । नेपाल वायुसेवा निगमले जुम्लाबाट हृदयघातका विरामीको उद्दार उडान गरेको छ । निगमले मंगलबार निगमको ९एन एबीटी कल साइनको जहाजबाट विहान ११ बजेर १९ मिनेटमा जुम्लाबाट गणेश बुढाथापाको उद्दार उडान गरेको हो ।

निगमको जहाज नेपालगञ्जबाट जुम्ला पुगेर तीन पटकसम्म हृदयघात भएर सिकिस्त विरामी परेका विरामी वुढथापा लगायत ११ जना यात्रुको उद्दार गरिएको जानकारी दिएको छ ।

उक्त उद्दार उडान कार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहल रहेको रहेको निगमले एक विज्ञप्ति जारी गरेरै जानकारी दिएको छ ।

यस उद्दार उडानका चालक कप्तान रक्षित मल्ल लगायत सम्पूर्ण उडान दल, कर्मचारी, सहयोगी निकाय एवम् समस्त सहयोगीलाई निगमले धन्यावादसमेत दिएको छ ।

उद्दार उडान कार्यमा सहभागी हुन र राज्यको शसक्त उपस्थिति देखाउन राष्ट्रिय ध्वजावाहकको आवश्यकता र महत्व अझै टड्कारो रुपमा देखिएको निगमका प्रवक्त्ता रमेश पौडेलले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु