होङ्सी शिवम् सिमेन्टले ६ महिनामा गर्‍यो ४ अर्ब ८६ करोडको व्यापार



काठमाडौं । होङ्सी शिवम् सिमेन्टले आर्थिक वर्ष २०२४ को पहिलो ६ महिनाको अवधिमा ४ अर्ब ८६ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०२३ मा १३ अर्ब ८ करोड ११ लाख व्यापार गरेको थियो ।

आर्थिक वर्ष २०२२ मा १७ अर्ब ४४ लाखको व्यापार गरेको कम्पनीले २०२१ मा भने १७ अर्ब ४५ करोड ७० लाख र आर्थिक वर्ष २०२० मा १३ अर्ब ३७ करोड १० लाखको व्यापार गरेको थियो ।

पछिल्लो समय अर्थतन्त्र सुस्त भएसँगै निर्माणका कम कम हुँदा कम्पनीको कारोबार घटेको जनाइएको छ । कम्पनीको कारोबार पछिल्लो २ वर्षमा तुलनात्मक रुपमा घट्दै गएको देखिन्छ ।

२०१५ मा स्थापित होङसी शिवम सिमेन्ट प्रालिमा हङकङ रेड लायन सिमेन्टको ७० प्रतिशत र शिभम् होल्डिङ्स प्रालिको ३० प्रतिशत सेयर स्वामित्व छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामाा रहेको यस कम्पनीले सिमेन्ट प्लान्ट, क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । वार्षिक रुपमा २० लाख टन क्लिंकर र २३ लाख टन ग्रिडिङ उत्पादन गर्ने कम्पनीको क्षमता छ ।

यस कम्पनीले हाल ओपीसी र पीपीसी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ३२ करोड र दीर्घकालीन कर्जाका लागि ६ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु