सिटिजन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा



काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २६.९८ प्रतिशत र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश रहेको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणबाट स्वीकृत भएर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु