मौलाकालिका हाइड्रोले ३८.१६ मेगावाटको आयोजना बनाउने, २ वर्षपछि व्यवसायिक उत्पादन हुने



काठमाडौं । मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले ३८.१६ मेगावाटको कालिका  कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

तनहुँको देवघाट गाउँपालिका र नवलपुरको गैंडाकोट नगरपालिकामा अवस्थित कालीगण्डकी खोलाको पानी उपयोग गर्दै आयोजना गर्न लागेको हो । यो आंशिक जलाशयमा आधारित आयोजना हो ।

आयोजनाको सम्पूर्ण संरचनाहरु देवघाट-१,४ र ५  र गैंडाकोट-३ मा निर्माण हुनेछ । विद्युत गृह कालीगण्डकी नदीको बायाँ किनारमा रहने छ ।

आयोजनाका लागि पानी फर्काउन  कालीगण्डकी नदीमा १०६ मर लम्बाई र १७ मिटर उचाईको ब्यारेज निर्माण गरिनेछ । अधिकतम ४ घण्टा पिकिङ  क्षमतान रहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत १० किलोमिटरको १३२  केभी प्रसारणलाइन मार्फत नेपाल विद्युत प्राधिकरको न्यू भरतपुर सबस्टेसनमा चितवनतमा राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने छ ।

२०८३ जेठदेखि व्यवसायिक रुपमा सञ्चालन गर्ने लक्ष्य छ ।


क्लिकमान्डु