बिमा प्राधिकरणले घटायो आइएमई लाइफको लाभांश



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांशमा संशोधन भएको छ ।

बिमा प्राधिकरणको निर्देशन अनुसार लाभांश घटाएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई अब २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशतसहित २६.१३ प्रतिशत लाभांश दिने भएको छ । यसअघि २५ प्रतिशत बोनस र करसहित ९.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

प्राधिकरणले कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरेको कम्पनीले जनाएको छ । यो लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु