पोखरा विमानस्थल बन्द, बिहानैदेखि उडान प्रभावित



फाइल तस्बिर

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ ।

चार दिनदेखि रोकएको उडान र अवतरण बिहबारदेखि नियमित भएको भए पनि शुक्रबार बिहानेदेखि कम भिजिबिलटी भएपछि विमानस्थल फेरि बन्द भएको हो ।

यति एयरलाइन्सले कम भिजिबिलिटीका कारण पोखरा विमानस्थल बन्द रहेकोले आज बिहानदेखि नै उडानहरु प्रभावित भइरहेको जनाएको छ ।

एयरलाइन्सले उडान सम्बन्धी जानकारी लिएर मात्र विमानस्थल प्रस्थान गर्नु यात्रुलाई अनुरोध गरेको छ ।

पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ ।


क्लिकमान्डु