अप्रिलमा १ लाख ११ हजार पर्यटक नेपाल आए, चार महिना चारै लाख पर्यटक



काठमाडौं । पछिल्लो एक महिनामा नेपालमा १ लाख ११ हजार ३७६ जना पर्यटक आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२४ को अप्रिलमा नेपाल आएका एक लाख पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन् । भारतबाट अप्रिल महिनामा ३० हजार १५८ पर्यटक आएका छन् ।

गत महिना नेपाल आउने पर्यटकको सूचीको दोस्रोमा नम्बरमा अमेरिकी पर्यटक छन् । अमेरिकाबाट ९ हजार ९ सय ४७ पर्यटक आएका छन् । यो समयमा चीनबाट आउनेको संख्या ९ हजार ७५० रहेको छ ।

पछिल्लो चार महिनामा नेपालमा चारै लाख पर्यटक आएको पनि तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार जनावरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७ र अप्रिलमा १ लाख ११ हजार ३६७ पर्यटक आएका छन् । पछिल्लो चार महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या ४ लाख १६ हजार पुगेको छ ।

यो वर्षको अप्रिलमा अहिलेसम्मकै धेरै पर्यटक आएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार सन् २०१४ को अप्रिलमा १ लाख ११ हजार ३७६, सन् २०२३ मा ९८ हजार ७७३, सन् २०२२ मा ६१ हजार ५८९, सन् २०२१ मा २२ हजार ७३२ र सन् २०१९ को अप्रिलमा १ लाख ८ हजार १०६ जना पर्यटक नेपाल आएका थिए ।


क्लिकमान्डु