सेयर बजारमा गिरावट, परिसूचक २ हजार बिन्दुबाट झर्यो



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजारमा आएको ७.३१ अंकको गिरावटसँगै परिसूचक २ हजार बिन्दुबाट तल झरेको छ ।

परिसूचक १९९८.९६ बिन्दु कायम भएको छ । ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेका छन् । बैंकिङ, विकास बैंक, वित्त, होटल, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन निर्जीबन बिमा, अन्य समूहको उपसूचक घटेको छ । यस्तै ट्रेडिङ, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ । कारोबारमा समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त, साधाना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ७७ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र गोर्खाज फाइनान्स रहेका छन् ।


क्लिकमान्डु