सुनको मूल्य एकैदिन प्रतितोला २ हजारले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ

बुधबार छापावाला सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

बिहीबार प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु