आइएमई लाइफ इन्स्योरेन्सको ३४.५० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

वैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरेको छ ।

बैठकले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९.५० प्रतिशत नगदसहित ३४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु