वायुप्रदूषणले एक सातादेखि पोखरा उडान प्रभावित, आन्तरिक वायुसेवालाई मात्रै दैनिक ३ करोड घाटा



फाइल फोटो

काठमाडौं । वायुप्रदूषणले एक सातादेखि नेपालको प्रमुख पर्यटकीय क्षेत्र पोखराको उडान तथ अवतरणमा समस्या भएको छ । विहीबारदेखि पोखरको आकासमा बढेको वायुप्रदूषणको कारण बढेको तुवाँलोले आन्तरिक वायुसेवाका उडान तथा अवतरण एक सातादेखि ठप्प प्रायः छ ।

शुक्रबारदेखि उडान अवतरण हुन नसकेकोमा आइतबार दिउँसो केही समयको लागि खुलेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि फेरि बुधबार (आजसम्म) ठप्प छ ।

विमानस्थल ठप्प हुँदा एक सातादेखि नै पोखराको उडान अवतरणका यात्रुलाई व्यवस्थापन गर्न समसया भइरहेको यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । ‘वायु प्रदूषणका कारण बिग्रिएको मौसमले उडान हुन सकेको छैन ।

पोखराको आकासलाई तुवाँलोले ढाकोका कारण वायुसेवाहरुलाई उडान तथा अवतरणमा आवश्यक भिजिविटीलै पुगेको छैन । जसका कारण उडान तथा अवतरण ठप्प छ’ उनले भने ।

पोखरामा हुन नसेकको उडानका कारण आन्तरिक वायुसेवालाई करिब दैनिक ३ करोड रुपैयाँका दरले घाटा लागेको छ । काठमाडौंबाट पोखराको लागि आन्तरिक उडानका बुद्ध, यती र श्री एयरलाइन्सले दैनिक ६० वटा उडान तथा अवतरण काठमाडौं- पोखरामा गर्दै आएका छन् ।

काठमाडौंबाट पोखरामा बुद्ध एयरको दैनिक १७ वटा, यतीको १० र श्रीको ३ वटा उडान छ । पोखरामा हुने दुईतर्फी उडान बुद्ध एयरको दैनिक ३४, यती एयरलाइन्सको २० र श्री एयरलाइन्सको ६ वटा हुँदै आएको छ ।

पोखरामा नियमित उडान गर्ने तीनवटै वायुसेवा कम्पनीसँग ७० सिटभन्दा बढी क्षमताका जहाज छन् । पोखराको उडानमा प्रयोग भइरहेको जहाजमा बुद्ध र यतीसँग ७२ सिट क्षमताको एटीआर ७२ जहाज छ भने श्री एयलाइन्ससँग ५० सिट क्षमताको सीआरजेदेखि ८० सिट क्षमतको ड्यास ८ सम्मका जहाज छ ।

आन्तरिक उडानका तीनवटै कम्पनीको ८० प्रतिशतको सिट अकुपेन्सीलाई आधार मान्ने हो भने पनि काठमाडौं पोखराको दुईतर्फी ६० वटा उडानमा ६ हजार ६ सय यात्रुलाई सेवा दिने गरेका छन् । यी यात्रुले तिर्ने औषत भाडादर ५ हजार रुपैयाँ छ । यो दरका आधारमा दैनिक आन्तरिक वायुसेवा कम्पनीले संकलन गर्ने टिकट वापतको रकम नै करिब ३ करोड रुपैयाँ हुने गरेको सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।

पोखरामा नियमित उडान रोकिँदा एक दिनमै आन्तरिक वायुसेवालाई ३ करोड रुपैयाँभन्दा बढीका घाटा हुने अनुमान सम्बन्धित वायुसेवा कम्पनीले नै गरेका छन् । पछिल्लो ६ दिनमा मात्रै आन्तरिक वायुसेवाको लागि पोखरामा उडान तथा अवतरणमा समस्या हुँदा ९ करोड रुपैयाँभन्दा बढी घाटा भएको वायुसेवा कम्पनीको भनाइ छ ।

पर्यटकीय सिजन भएकोले काठमाडौंबाट पोखरा जाने यात्रुको चाप आन्तरिक वायुसेवामा रहने गरेको छ । सिजनकै बेला भएको उडान अवरुद्धले पर्यटनको राजधानीमा जान आउने यात्रुलाई सकस परिरहेको छ ।

सिजनका बेला भएको उडान अवतरणको समस्याको असर पोखरामा आउने आन्तरिक र बाह्य पर्यटकमा परेको होटल बाराहीका सञ्चालक विप्लप पौडेलले बताए । उनका अनुसार उडानमा परेको असरका कारण करिब २० प्रतिशत होटलको अकुपेन्सीमा असर परेको छ । दैनिक २० प्रतिशत यात्रुको होटल बसाइँ उडान अवरुद्धकै कारणले हुन सकेको छैन ।

यात्रा तय भइसकेका यात्रुले स्थलमार्गबाट हुने आवागमनका कारण ८० प्रतिशत पर्यटक भने होटलमा आइरहेको पौडेलको भनाइ छ ।

‘कुनै व्यक्तिका कारण नभइ प्राकृतिक कारणले उडान/अवतरण अवरुद्ध भएको भन्दै होटलमा आउने पर्यटकले एक सातादेखि आफ्नो वैकल्पिक यात्रा र त्यसको तयारी गरिरहेको छन्,’ उनले भने ।

सहज उडान/अवतरणका लागि हावाहुरी वा पानी पर्नु पर्ने मौसमविदको भनाइ‍ छ ।


क्लिकमान्डु