कतार एयरको विमानसँग ठोकिनबाट जोगिएको सिम्रिकका पाइलट ग्राउण्डेड



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई उडानमा रोक लगाउने निर्णय गरेको छ ।

मंगलबार बिहान सिम्रिक एयरको हेलिकप्टर लुक्लाबाट काठमाडौं आउनेक्रममा कतार एयरलाइन्सको विमानसँग ठोक्किनबाट बचेको थियो ।

प्राधिकरणले समाजिक सञ्जाल एक्समार्फत उडान सम्बन्धी नियमको उल्लंघन गरेको भन्दै सिम्रिकका पाइलटलाई कारबाही गरेको जनाएको छ ।

टावरलाई कुनै जानकारी नदिई रनवे ०२ तर्फको अप्रोच एरियामा आएको भन्दै पाइलटलाई ग्राउन्डेड गरिएको प्राधिकरणले जनाएको छ ।

मंगलबार विहान १० बजे कतार एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सिम्रक एयरको हेलिकप्टर एप्रोच एरियामा पुगेपछि टिकासले टिए जारी गर्दै दुर्घटना जोगाएको विषयमा क्लिकमान्डुले समाचार प्रकाशन गरेको थियो ।


क्लिकमान्डु