एक वर्षमा नेपालीको वार्षिक आय ६,७९६ रुपैयाँले बढ्यो



काठमाडौं । एक वर्षमा नेपालीको वार्षिक आय ६ हजार ७ सय ९६ रुपैयाँले बढेको छ । नेपाल तथ्यांक कार्यालयले सार्वजिनक गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर पुगेको अनुमान गरिएको हो जुन गत वर्षको संशोधित अनुमानभन्दा ५१ डलर बढी हो ।

५१ डलर आजको विनिमय दरअनुसार करिब ६ हजार ८ रुपैयाँ हो । यस्तै नेपालीको अनुमानित प्रतिव्यक्ति आय १ लाख ९४ हजार २६ रुपैयाँ ५६ पैसा पुगेको हो ।

गत वर्ष सरकारले प्रतिव्यक्ति आय १४ सय १० अमेरिकी डलर हुने अनुमान गरेकामा सरकारले संशोधन गरेर १४ सय ५ डलर कायम गरेको हो ।


क्लिकमान्डु