डाटा सेन्टर बनाउन भारतीय कम्पनी अडानी कनेक्सले १.४४ अर्ब डलर जुटायो



काठमाडौं । अडानी इन्टरप्राइजेज र एजकनेक्सको साझेदारीमा रहेको अडानी कनेक्सले ८ वटा ग्लोबल बैंकहरूबाट झन्डै १.४४ अर्ब डलर संकलन गरेको छ । डाटा सेन्टर बनाउने उक्त कम्पनीले भारतमा सबैभन्दा धेरै वातावरणमैत्री फन्डिङ रहेको जनाएको छ ।

आगामी ३ वर्षमा ९ नयाँ डाटा सेन्टर बनाउने योजना

गौतम अडानी ग्रुपको फ्ल्यागशीप कम्पनी अडानी इन्टरप्राइजेज लिमिटेडले आगामी ३ वर्षमा आफ्नो नयाँ डाटा सेन्टर कारोबारमाथि लगभग १.५ अर्ब डलर डलर लगानी गर्नेछ । एजकनेक्सनसँग ज्वाइन्ट भेन्चर बढाएको डिजिटल सर्भिसेसको माग इन्फ्रास्टक्चर उपलब्ध गराउनका लागि हो । यसवाहेक यो ज्वाइन्ट भेन्चरबाट २०३० सम्म एक गिगावाट क्षमता भएको ९ डाटा सेन्टर बनाउने तयारी भइरहेको छ।

अडानी कनेक्सको एक डाटा सेन्टर चालु

कम्पनीले एक विज्ञप्तिमा फिडिंगको प्रारम्भिक प्रतिवद्धता ८७.५ करोड डलरको भएको बताएको छ । जसमा १.४४ डलरसम्म बढाउन सकिने जनाइएको छ । उक्त पुँजीबाट अडानी कनेक्ससँगै कन्स्ट्रक्सनका लागि फाइनान्सिङको राशि बढेर १.६५ अर्ब डलर भएको छ । अडानी कनेक्सको डाटा सेन्टर हाल चेन्नइमा संचालित छ । कम्पनीले नोएडा र हैदराबाद युनिट्समा भने लगभग दुइतिहाइ कन्ट्रक्सन पूरा गरेको छ ।

अन्तर्राष्ट्रिय बैंकिङ साझेदारहरूसँग यो यात्रा सुरू गर्न खुसी छौं : सीईओ

अडानी कनेक्सका सीईओ जयकुमार जनकराजले भनेका छन्, यो सफल अभ्यास टिकाउ र बलियो डिजिटल संरचना स्थापना गर्ने चुनौती छ ।

यस्तै उनले अगाडि भनेका छन्, कन्ट्रक्सन फाइनान्सिंग अडानी कनेक्स क्यापिटल म्यानेजमेन्ट प्लानको एक हिस्सा हो । जसले हामीलाई स्थिरता र वातावरणीय व्यवस्थापनमा डाटा सेन्टर समाधान प्रदान गर्न सक्षम बनाउँछ । हामी आफ्नो सम्मानित अन्तर्राष्ट्रिय बैंकिंग साझेदारहरुका साथ यो इनर्जी सुरु गर्न पाउँदा खुसी छौँ ।’


क्लिकमान्डु