हार्भेष्ट मुन‍ ट्राभल एण्ड टुर्सले ६ महिनामा गर्‍यो साढे १ अर्बको कारोबार



काठमाडौं । हवाई उडानमा टिकटको सेवा दिँदै आएको हार्भेष्ट मुन ट्राभल एण्ड टुर्स प्रालिले ६ महिनाको अवधिमा साढे १ अर्बको कारोबार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ६५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२३ मा ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै कम्पनीले सन २०२२ मा ३ अर्ब ८७ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ९१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको पछिल्ला ३ वर्षमा लगातार कारोबार बढेको पाइन्छ । कम्पनीअनुसार कोभिडपछि अन्तर्राष्ट्रिय बोर्डरहरु पुन: खोल्दा लगातार तीन वर्ष उच्च कारोबार भएको हो । साथै कोभिडपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा टिकटको व्यापार उच्च हुँदा कारोबारमा उछाल आएको उल्लेख छ ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले विशेषगरी अन्तर्राष्ट्रिय हवाई उडानको टिकेटिङ सेवा दिँदै आएको छ । कम्पनी अन्तर्राष्ट्रिय एयरलायन्स ट्रान्स्पोर्ट एशोसियसन र नाटाको सदस्य रहेको छ ।

रामप्रसाद श्रेष्ठ र सुलेख श्रेष्ठको ५०/५० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९७ करोड ६९ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु