सिम्रिक एयरको हेलि ढोका नलगाइ उडेपछि….



काठमाडौं । सिम्रिक एयरको बिमान ढोका नलगाइ उडेको पाइएको छ ।

काठमाडौंबाट सोमबार बिहान लुक्ला जाँदै गरेको सिम्रिक एयरको ९ एनएकेडीबी हेलिकप्टरमा ढोका नलगाएको इन्डिकेसन आएपछि आपतकालीन अवतरण गरिएको थियो ।

काभ्रेको धुलिखेलमा अवतरण गराएपछि ढोका लगाएर हेलिकप्टर पुन: लुक्लातर्फ प्रस्थान गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फितलो नियमनले यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । यसअघि विभिन्न वायुसेवा कम्पनीमा यस्ता समस्या देखिने गरेका थिए ।


क्लिकमान्डु