९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्योः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताएका छन् ।

आइतवार काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-ठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उनले कदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए ।

उत्पादित जलविद्युत देशभित्र नै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‍बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताए । उनले वद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार भइरहेको र पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको बताए ।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरु प्रभावित भएको बताए । नेपालको जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री दाहालले प्रशारण लाइन बिस्तारमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिग्रहणमा ठूलो समस्या रहेको बताए । विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरु अघि बढाउन आवश्यक रहेको प्रधानमन्त्रीले बताए ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एवं नर्वे सरकार तथा एशियाली विकास बैंकको आर्थिक सहयोगमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशन निर्माण गरिएको हो ।


क्लिकमान्डु