चीन जान नेपाली नागरिकलाई भीसा शुल्क नलिने



काठमाडौं । चीनले नेपाली नागरिकलाई भीसा शुल्क नलिने निर्णय गरेको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासले मे १ (वैशाख १९ गते) देखि भीसा शुल्क नलिने घोषणा गरेको हो ।

चिनियाँ राजदूत चेन सोङले ट्वीट गर्दै नेपाल र चीनबीचको मित्रतालाई प्रगाढ बनाउँदै आवतजावत सहज बनाउन यस्तो निर्णय भएको उल्लेख गरेका छन् । एक्सप्रेस शुल्क र सर्भिस शुल्क भने लाग्नेछ ।

काठमाडौंमा तेस्रो लगानी सम्मेलन चलिरहेका बेला चीनले यस्तो निर्णय गरेको हो ।

चीनले स्ट्याण्डर्ड भीसा लिने नेपालीहरुका लागि एक्सप्रेस २ मा २७०० रुपैयाँ शुल्क लिने गरेको छ । एक्सप्रेस १ मा ४००० रुपैयाँ शुल्क लिन्छ ।

ग्रुपमा भिसाका लागि ‘सिंगल इन्ट्री’ मा एक्सप्रेस २ मा १३५० रुपैयाँ र एक्सप्रेस १ मा २००० रुपैयाँ शुल्क लिदै आएको छ ।


क्लिकमान्डु