भारतीय लगानीकर्तालाई सहजीकरण गर्न इन्भेष्मेन्ट गाइड बनाउँदै छौं : भारतीय राजदूत



काठमाडौं । नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भारतका कम्पनीलाई नेपालमा लगानी गर्न सहज होस् भनेर इन्भेन्टमेन्ट गाइड बनाउन लागेको बताएका छन् ।

तेस्रो लगानी सम्मेलनको क्रममा आयोजित कार्यक्रममा राजदूत श्रीवास्तवले नेपाल भारत चेम्बर अफ कमर्ससँगको सहकार्यमा नेपालमा लगानी गर्न आउने भारतीयलाई सहज हुने गरी इन्भेष्मेन्ट गाइड बनाउन लागिएको बताएका हुन् ।

तेस्रो लगानी सम्मेलनको ठूलो संख्यामा भारतीय लगानीकर्ता सहभागी भएको भन्दै नेपालको आर्थिक विकासमा सहकार्य गर्न आफूहरु तयार भएको राजदूत श्रीवास्तवले बताए ।

‘नेपाल र भारत बीच भएको विद्युत व्यापार सम्झौताले नेपालबाट भारत तर्फ निकासी हुने विद्युत बढेको छ,’ श्रीवास्तवले भने,’भारतका प्रधानमन्त्रीले छिमेकी पहिले भन्ने नीति लिएको र नेपाल भारतको प्रमुख प्राथमिकतामा छ । हामीहरु नेपालसँग सबै सहकार्यको लागि तयार छौं । ‘

कार्यक्रममा भिडियो कन्फेरेन्सबाट सम्बोधन गर्दै भारतको बाणिज्य तथा आपुर्ति मन्त्री पियुस गोयल नेपालमा लगानी गर्नु नाफा कमाउनु मात्र नभई भावनात्मक विषय भएको बताए ।

नेपालमा निरन्तर काम गर्न आफूहरु तयार रहेको भन्दै गोयलले लगानी सम्मेलन सफलताको कामना गरे ।


क्लिकमान्डु