तीन दिनदेखि बन्द पोखरा विमानस्थल खुल्यो, एक सय उडान प्रभावित



काठमाडौं । पछिल्लो तीन दिनदेखि बिग्रिएको मौसमका कारण हुन नसकेको पोखरा अन्तराष्टिय विमानस्थलमा हुने आन्तरिक उडान अवतरण आइतबार १ बजेपछि खुलेको छ ।

पोखरामाथिको आकासमा भएको प्रदूषणले विहीबार आधा दिनदेखि आइतबार आधा दिनसम्म उडान प्रभावित भएको छ । उडान हुन नसक्दा पछिल्लो तीन दिनमा मात्रै काठमाडौैंबाट हुने करिब एक सय वटा उडान प्रभावित भएको छ ।

विहीबार देखि नै हुन नसकेको उडानका रकाण यतिका एयरको विहीबार ६, शुक्रबार १०, शनिबार १० उडान रद्द भएको छ । आइतबारको लागि तय भएको ११ वटा उडान पनि अधिकांश नहुने भएको छ ।

बुद्ध एयरको पनि पछिल्लो तीन दिनमा ५१ वटा उडान प्रभावित भएको छ । आइतबारका लागि तय भएको १७ वटा उडान पनि अधिकांश प्रभावित हुने भएको बुद्ध एयरको भनाइ छ ।

यस्तै श्री एयलाइन्सको पनि दैनिक ३ वटा उडान प्रभाविन भएको छ ।


क्लिकमान्डु