बसन्त चौधरीको विएलसी र भारतको योट्टा डाटा सर्भिसबीच डाटा सेन्टर बनाउन ३ अर्बको लगानी सम्झौता



काठमाडौं । लगानी सम्मेलनमा बसन्त चौधरीको विएलसी होल्डिङ्स र भारतको योट्टा डाटा सर्भिसबिच लगानी सम्झौता भएको छ । विएलसीको तर्फबाट मेघा चौधरीले हस्ताक्षर गरेको ३ अर्ब लगानीमा नेपालमा बनाइने डाटा सेन्टरको लागि लगानी सम्मेलनको उद्घाटन सत्रमा सम्झौता भएको हो ।

बसन्त चौधरीको बिएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको हाे ।

फोर्व्समा सूचीकृत अर्बपति दाजु निरन्जन हिरानन्दानी र भाई सुरेन्द्र हिरानन्दानीको हिरानन्दानी समूह भारतको एक ठूलो तथा प्रतिष्ठित रियल इस्टेट लगानीकर्ता हो । भाइ सुरेन्द्र हिरानन्दानीले साइप्रसको नागरिकता लिएका छन् ।

मुम्बईस्थित हिरानन्दानी समूहले मुम्बई, बेंगलुरु, चेन्नई, र हैदराबादमा ठूला रियल इस्टेट विकास गरेको छ ।

यसका साथै, समूहले स्वास्थ्य, शिक्षा, ऊर्जा र सेवा क्षेत्रमा आफनो लगानी विविधीकरण गरेको छ । सन् २०२० मा यो समूहले योट्टा इन्फ्रास्ट्रक्चर नामक सहायक कम्पनी सुरु गरेको थियो । मुम्बइस्थित इन्टिग्रेटेड योट्टा डाटा सेन्टर पार्क (योट्टा एनएमवान) विश्वको दोस्रो ठूलो डाटा सेन्टर हो ।

हिरानन्दानी समूहको योट्टा डाटा सर्भिसले नेपालमा पनि बसन्त चौधरीको बिएसी होल्डिंससँग मिलेर ३ अर्ब रुपैयाँमा डाटा सेन्टरमा लगानी गर्न लागेको हो ।


क्लिकमान्डु