नेपालमा लगानी गर्ने उचित समय हो: कमलेश अग्रवाल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले परिवर्तन शील विश्व आर्थिक परिवेशमा नेपाल जस्तो अर्थतन्त्रमा इन्धन भर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

पारस्परिक साथ र सहयोगले नेपालीको वृद्धि गति बढाउने भन्दै उनले जलविद्युत, हरित हाइड्रोजन, पर्यटन, उत्पादनमूलक उद्योग, वन र जडिबुटी नेपालको उच्च प्रतिबद्ध लगानी गन्तव्य रहेको बताए ।

लगानी सम्मेलनका अवसरमा उनले नेपालको लगानी सम्भावनालाई यथार्थमा बदल्न एक्लै सम्भव नभएको बताए । चेम्बर अध्यक्ष अग्रवालले विदेशी लगानीकर्तालाइ रणनीतिक लगानी नवीनता दीर्घकालीन सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका हुन।

“तपाईंहरूको उपस्थिति नेपालको आर्थिक रूपान्तरणको लागि तपाईंको आत्मविश्वास समृद्ध नेपाल निर्माणको कोशेढुंगा हुनेछ,” विदेशी लगानीकर्ता सामु अग्रवालले भने, “नेपालमा लगानी गर्ने उचित समय हो ।”

अग्रवालका अनुसार नेपालको सकारात्मक पक्षहरू जनसंख्यिक लाभ: ५७ प्रतिशत सक्रिय जनसंख्या ऊर्जावान र सस्तो श्रमिक, रणनीतिक भुगोल (चीन र भारतमा एकतिहाइ जनसंख्या) हो । विश्वको नवौं ठूलो रेमिट्यान्स प्राप्त गर्ने देश हनाले पनि उच्च खर्चयोग्य आय भएको मुलकको सूचीमा पर्नुले नेपालमा उपभोगी जनसंख्या रहेको अर्थ दिन्छ । त्यसमाथि नेपाल घुम्नैपर्ने गन्तव्य पनि हो।

“समाजवाद उन्मुख बजार अर्थतन्त्रका हामी निजी क्षेत्रमा सरकारको प्रतिबद्धता छ । नयाँ प्रवेश र सहज निवेश छ । लगानी प्रतिफल फिर्ता लैजान सजिलो छ” उनले भने, ” नीति नियमलाई समयसापेक्ष संशोधन गरि सबल लगानी संवाहक गन्तव्य बनाएकामा सरकारलाई धन्यवाद ।”


क्लिकमान्डु