पोखरा विमानस्थको उडान तीन दिनदेखि ठप्प, पर्यटक र आन्तरिक उडानका यात्रुलाई समस्या



फाइल फोटो

काठमाडौं । प्रतिकूल मौसमका कारण पोखरा बिमानस्थलका हवाई उडान तीन दिनदेखि ठप्प भएको छ ।

प्रदूषित मौसमका कारण पोखरामा ३ दिनदेखि कुनै पनि उडान तथा अवतरण नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार मौसमको खरावीका कारण पछिल्लो ३ दिनदेखि एउटा पनि उडान हुन सकेको छैन । आइतबारका लागि तय भएका १२ बजेटसम्मका उडान पनि सबै रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल कार्यालयका अनुसार बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई उडान हुन नसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थिति बुद्ध एयरको कार्यालयका अनुसार आइतबारका लािग १२ बजेसम्मका सबै उडान रद्द भएको छ । आज यो वायुसेवाको मात्रै १८ वटा उडान छ । १२ बजेपछिको उडान भने मौसम खुलेको अवस्थामा हुने बुद्ध एयरका एक कर्मचारीले जानकारी दिए ।


क्लिकमान्डु