इन्टरनेट जतिबेला पनि काटिन सक्ने सेवा प्रदायकको चेतावनी



काठमाडौं । इन्टरनेट जतिबेला पनि काटिन सक्ने सेवा प्रदायकहरुले चेतानवी दिएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले घरघरमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।

९ महिनादेखि इन्टरनेट ब्याण्डबिथको पैसा पठाउन नसकिएकोले इन्टरनेट जतिबेला पनि बन्द हुनसक्ने आइस्पानको भनाइ छ।

आइस्पानका अध्यक्ष सुधीर पराजुलीले नेपाल ब्याण्डविथ खरिद गर्दा तिर्नुपर्ने पैसा पठाउन नसकेको बताए । सरकारले सिफारिस नदिँदा उक्त पैसा पठाउन नसकेको उनको भनाइ छ ।


क्लिकमान्डु