दाना बेच्ने ग्लोबल एग्रो प्रोडक्टले ६ महिनामा गर्‍यो साढे १ अर्बको व्यापार



काठमाडौं । कुखुरा तथा गाइवस्तुको दाना बेच्ने ग्लोबल एग्रो प्रोडक्ट प्रालिले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब ६५ करोड रुपैयाँको व्यापार गरेको छ ।

सन् २०१२ देखि विभिन्न गाइवस्तु तथा कुखुराको दान उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२३ मा २ अर्ब ८२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै कम्पनीले सन् २०२२ मा २ अर्ब ४४ करोड रुपैयाँ र सन् २०२१ मा २ अर्ब ५६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

प्रतिघण्टा २० मेट्रिक टन कुखुराको दाना र ५ मेट्रिक टन गाइवस्तुको दाना उत्पादन क्षमता भएको कम्पनीले उत्पादन भएको दाना ग्लोबल, अमृत र उन्नत ब्राण्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा उक्त ग्रुपका ७ जनाको ५७ प्रतिशत स्वामित्व रहेको छ ।

त्यसबाहेक बसन्त पौडेलको ११ प्रतिशत, कमलबहादुर पौडल, लोकबहादुर राई र उमेशचन्द्र सापकोटाको ९/९ प्रतिशत र बालचन्द्र खनालको ८ प्रतिशत स्वामित्व छ ।

चितवनमा उद्योग रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६८ करोड ८० लाख रुपैयाँ गरी ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु