शारडा ग्रुपद्वारा सञ्चालित प्रिमियर वायर कम्पनीले ७ महिनामा गर्‍यो ३ अर्बको व्यापार



काठमाडौं । शारडा परिवारद्वारा सञ्चालित प्रिमियर वायर प्रालिले ७ महिनामा ३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ को ७ महिनाको अवधिमा ३ अर्ब २ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा ४ अर्ब २९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसैगरी सन् २०२२ मा ३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ३ अर्ब ३९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००० मा स्थापना भएको कम्पनी नेपालको पुरानो तार तथा केबल उत्पादन गर्ने कम्पनी हो । कम्पनीमा शारडा परिवारको १३ जना सदस्यको स्वामित्व छ ।

कम्पनीले जीआई तार, ग्याबियन बक्सेस, एसीएसआर कन्डकटर, पीभीसी केबल र अन्य स्टिल तार, कपर तार, कन्डक्टर र केबल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ४७ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ६६ करोड ५३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ८० करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु