९ अर्बको तयारी पोशाक निर्यात, कुन कुन देशमा गयो ?



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालबाट ९ अर्ब रुपैयाँ बढीको तयारी पोशाक निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा ९ अर्ब २ करोड ८ लाख रुपैयाँको १ करोड २८ लाख ३२ हजार पिस तयारी पोशाक निर्यात भएको छ ।

नेपालको वैदेशिक व्यापारघाटा कम गर्न ‍तयारी पोशाकको ठूलो भूमिका छ । नेपालले विश्वका विभिन्न मुलुकमा अर्बौ रुपैयाँको तयारी पोशाक निर्यात गर्दै आएको छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवको ९ महिनाको अवधिमा तयारी पोशाकको निर्यात ७ प्रतिशतले बढेको छ । गत वर्षको ९ महिनाको अवधिमा नेपालले ८ लाख ४१ करोड १९ लाख रुपैयाँको १ करोड १० लाख ८५ हजार पिस तयारी पोशाक निर्यात गरेको थियो ।

नेपालले उत्पादन गरेको तयारी पोशाक सबैभन्दा बढी जर्मनी, अमेरिका र बेलायतमा निर्यात हुने गरेको पाइएको छ । नेपालले चालु आवको ९ महिनाको अवधिमा ९ अर्बको तयारी पोशाक निर्यात गर्दा जर्मनीमा १ अर्ब ७४ करोड २६ लाख रुपैयाँको ११ लाख ३९ हजार पिस निर्यात गरेको छ । त्यस्तै अमेरिकामा १ अर्ब ६७ करोड ४५ लाख रुपैयाँको ३० लाख २० हजार पिस तयारी पोशाक निर्यात भएको छ । बेलायतमा १ अर्ब २९ करोड ९८ लाख रुपैयाँको १५ लाख ९५ हजार पिस निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै नेपालले ९ महिनाको अवधिमा अष्ट्रेलियामा २१ करोड ७५ लाख रुपैयाँको ४ लाख १९ हजार पिस, अष्ट्रियामा १४ करोड ८५ लाख रुपैयाँको १ लाख ४७ हजार पिस, बेल्जियममा ३ करोड ९८ लाख रुपैयाँको ३३ हजार पिस, भुटानमा ९८ लाख रुपैयाँको ५० हजार पिस, ब्राजिलमा १२ लाख रुपैयाँको ५ हजार पिस, बुलगेरियामा २९ लाख रुपैयाँको ५ हजार पिस र क्यानाडामा ३१ करोड २८ लाख रुपैयाँको ४ लाख ८ हजार पिस तयारी पोशाक निर्यात गरेको छ ।

त्यस्तै चीनमा १३ करोड १३ लाख रुपैयाँको २१ लाख ८१ हजार पिस, क्रोसियामा १५ लाख रुपैयाँको ३ हजार पिस, चेक रिपब्लिकमा ९ करोड ३० लाख रुपैयाँको १ लाख २२ हजार पिस, डर्नमार्कमा १६ करोड ९७ लाख रुपैयाँको १ लाख ११ हजार पिस, इस्टोनियामा ३१ लाख रुपैयाँको २३ हजार पिस, फिनल्याण्डमा २ करोड ९२ लाख रुपैयाँको २२ हजार पिस, फ्रान्समा ८० करोड ४८ लाख रुपैयाँको ३ लाख ९० हजार पिस र जोर्जियामा ४३ लाख रुपैयाँको १४ हजार पिस तयारी पोशाक निर्यात गरेको छ ।

साथै ९ महिनामा नेपालले ग्रीसमा ७२ लाख रुपैयाँको साढे ५ हजार पिस, हङकङमा २ करोड १५ लाख रुपैयाँको १ लाख ८१ हजार पिस, हंगेरीमा ३ करोड ११ लाख रुपैयाँको ३९ हजार पिस, भारतमा २५ करोड ३४ लाख रुपैयाँको ५ लाख ३० हजार पिस, आइरल्यान्डमा ७ करोड १६ लाख रुपैयाँको ७६ हजार पिस, इजरायलमा १८ लाख रुपैयाँको ५ हजार पिस, इटलीमा ३९ करोड १३ लाख रुपैयाको २ लाख ३२ हजार पिस, जापानमा ३९ करोड ३२ लाख रुपैयाँको ६ लाख २८ हजार पिस, दक्षिण कोरियामा ३ करोड २२ लाख रुपैयाँको २३ हजार पिस, लत्भियामा ६१ लाख रुपैयाँको ३७० पिस, मलेसियामा २ करोड ९ लाख रुपैयाँको ३० हजार पिस, मौरिससमा २१ लाख रुपैयाँको १६ सय पिस, नेदरल्याण्डमा २४ करोड १० लाख रुपैयाँको २ लाख ९९ हजार पिस, न्यूजिल्याण्डमा ३ करोड ४१ लाख रुपैयाँको ४० हजार पिस, नर्वेमा ७ करोड ५४ लाख रुपैयाँको ४९ हजार पिस र पोल्यान्डमा ३ करोड ७ लाख रुपैयाँको ५९ हजार पिस तयारी पोशाक निर्यात भएको छ ।

विभागअनुसार पोर्चुगलमा ९ महिनाको अवधिमा २ करोड ५१ लाख रुपैयाँको ३३ हजार पिस, कतारमा ४२ लाख रुपैयाँको, रोमनियामा १ करोड ८ लाख रुपैयाँको, सिंगापुरमा २२ लाख रुपैयाँको, स्लोभाकिया र स्लोभानियामा ४ करोड रुपैयाँको, दक्षिण अफ्रिकामा ५ करोड १ लाख रुपैयाँको, स्पेनमा १९ करोड १६ लाख रुपैयाँको, स्वीडेनमा ८ करोड रुपैयाँको, स्वीजरल्याण्डमा १९ करोड ८० लाख रुपैयाँको, ताइवानमा २ करोड १२ लाख रुपैयाँको, थाइल्याण्डमा १६ लाख रुपैयाँको र युएइमा ४ करोड ६३ लाख रुपैयाँको तयारी पोशाक निर्यात गरेको छ ।


क्लिकमान्डु