सोर्सकोडले ल्यायो अन्तर्राष्ट्रियस्तरको ब्रोकर सफ्टवेयर, यस्ता छन् विशेषता



काठमाडौं । सोर्सकोड प्रालिले सेयर ब्रोकरहरूका लागि अन्तर्राष्ट्रियस्तरको ‘क्याइन्ट लगइन’ सिस्टम निर्माण गरेको छ। यस सफ्टवेयरबाट ब्रोकरहरूले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा दिन सक्ने कम्पनीले जनाएको छ।

यस सफ्टवेयरमार्फत ग्राहकले कारोबारको सम्पूर्ण जानकारी पाउने र ग्राहकलाई ब्रोकरले दिने सेवामा पहुँच बढ्ने कम्पनीले जनाएको छ ।

सफ्टवेयरमा पोर्टफोलियो स्वतः अपडेट हुने सुविधा पनि छ। सेयर कारोबार गरेलगत्तै यसमा ग्राहकको पोर्टफोलियो अपडेट हुनेछ। यो सेवा सेयर कारोबार गर्ने जोकोहीले लिन सक्ने बताइएको छ।

यसका लागि पहिला आफ्नो ब्रोकरसँग लगइन आइडी र पासवर्ड लिनुपर्नेछ। खाता नभएका ग्राहकले पनि ब्रोकरको एप प्लेस्टोरबाट डाउनलोड गरी ट्रेडिङ र डिम्याट खाता पनि खोल्न सक्नेछन्‌। ग्राहकले भिडियोमार्फत पनि केवाइसी अपडेट गर्ने सक्ने कम्पनीले जनाएको छ।

साथै, लाइभ मार्केट डाटा, कम्पनी डाटा, फन्डामेन्टल एन्ड टेक्निकल एनालाइसिस र कर्पोरेट एक्सनजस्ता सेयर बजारसम्बन्धी सम्पूर्ण जानकारी यस सफ्टवेयरमा उपलब्ध छ।

फ्लोरसिट, पुराना डाटा र पावरफुल स्टक हिट म्याप फिचर पनि राखिएको छ। यसमा ग्राहकले सेयर खरिद–बिक्रीको पनि नोटिफिकेसन प्राप्त गर्न सक्नेछन्‌।

त्यस्तै, एआई एसिस्टेन्समार्फत ग्राहकले ब्रोकरसँग आफ्नो जिज्ञास पनि राख्न सक्ने व्यवस्था छिट्टै हुने कम्पनीले जनाएको छ।


क्लिकमान्डु