१५ वर्षदेखिका लगानीमैत्री नीतिलाई निरन्तरता दिँदै नयाँ क्षेत्र प्रवर्धन गर्न लगानी सम्मेलन गर्दैछौं: अर्थमन्त्री



काठमाडौं । नेपालमा लगानीको लागि सरकारले लिएको लगानीमैत्री नीतिलाई १५ वर्षदेखि नै निरन्तरता दिँदै आएको र नयाँ क्षेत्रको प्रवद्र्धन गर्न लगानी सम्मेलन गर्न लागिएको अर्थमन्त्री वर्षामान पुनले बताएका छन् ।

सोमबार भएको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले नेपालले लगानी भित्र्याउन लिएको नीतिलाई डेढ दशकदेखिका सबै सरकारले आत्मसाथ गर्दै आएको बताए । उनले अहिले भएकै नीतिलाई निरन्तरता दिँद थप सहजता प्रदान गर्न अध्यायादेशबाट ऐन संशोधन गरेर लगानी सम्मेलन गर्न लागिएको मन्त्री पुनले बताएका छन् ।

मन्त्री पुनले यस पटकको लगानी सम्मेलनले लगानीका नयाँ क्षेत्रलाई प्रवद्र्धन गर्ने, सफल लगानीकर्ताले थप लगानी घोषणा गर्ने र नयाँ क्षेत्रमा विदेशीलाई आकर्षित गर्न लागिएको बताए । उनले भने ‘सरकारले लगानीको वातावरणकै लागि सोमबार नै अध्यादेशबाट विभिन्न लगानीसम्बन्धी कानून संशोधन गर्ने निर्णय गरेको छ ।

लगानी सम्मेलन सबै पार्टी दल, गठबन्धन र विपक्षी दलकोसमेत साझा एजेण्डमा हुँदै छ । सम्मेलनमा सबैको उपस्थिति हुने र सफलताका साथ सम्पन्न गर्ने प्रतिवद्धता हुने छ । वैदेशिक र आन्तरिक लगानी निजी क्षेत्र र सरकार दुबैको प्राथमिकता हुने छ । त्यसैले त लगानी सम्मेलनको सुभारम्भदेखि अन्तिमसम्ममा निजी क्षेत्रको सहभागिता हुने अर्थमन्त्री पुनले बताए ।

मन्त्री पुनले भने ‘नेपालमा लगानी मैत्री वातावरण छ भन्ने सन्देश दिन सम्मलेन हुँदै छ भने पुँजीको विशेषता लगानी हो भने लगानीको विषेशषता नाफा भएकोले त्यसैलाई प्रवद्र्धन गर्न खोजिएको छ ।’

नेपालले यस अघि दुई पटक लगानी सम्मेलन गरिसकेको छ । यस अघि भएका सम्मेलनमा ३७ प्रतिशत लगानी आएको देखिएको छ । अन्तर्राष्ट्रिय रुपमासमेत लगानी सम्मेलनमा भएका सबै प्रतिवद्धता पूरा नहुने भएकोले यस पटक थप लगानी ल्याउने प्रयासस्वरुप सम्मेलन गर्न लागिएको पनि पुनले बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुशील भट्टले यसपटकको लगानी सम्मेलनको लागि सरकारले ४६ वटा आयोजना शोकेसमा राख्न लागिएको बताए । उनले भने ‘लगानी सम्मेलनका लागि आयोजनाको सूचीकरण गर्न मंगलबार बोर्ड बैठक बस्न लागेको पनि बताए ।’


क्लिकमान्डु