लगानी सम्मेलनमा ५० देशबाट ५३५ लगानीकर्ता आउँदै, सबैभन्दा धेरै चीन र भारतबाट



काठमाडौैं । सरकारले एक सातापछि आयोजना गर्दै गरेको तेस्रो लगानी सम्मलेनका लागि विभिन्न ५० देशबाट ३३५ लगानीकर्ता नेपाल आउने भएका छन् । लगानी बोर्डले १४ सय भन्दा बढी लगानीकर्तालाई निम्तो गरेको भएपनि हालसम्म ५० देशबाट नेपालीसहित ७७६ लगानीकर्ताले सम्मेलनमा सहभागि हुने बताएका छन् ।

सम्मेलनमा सहभागि ५२ देशका लगानीकर्ता हुन सक्ने भएपनि हालसम्म कन्फर्म गरेका चाँहि ५० देशका लगानीकर्ताले मात्रै भएकाे लगानी बाेर्डले जानकारी दिएकाे छ ।

सम्मेलनमा २४१ जना नेपालीमात्रै हुने छन् । नेपालमा विदेशी लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन सरकारले तेस्रो पटक सम्मेलन गर्न लागेको हो । सम्मेलनमा सबैभन्दा बढी विदेशी सहभागि चीनबाट २१५ लगानीकर्ता र भारतबाट ११३ लगानीकर्ता आउने भएका छन् ।

सम्मेलनमा अमेरिकाबाट ३२ जना, जापानबाट २५ जना, वेलायतबाट १४ जना, बंगलादेशबाट १३ जना, संयुक्त अरब इमिरेट्स र जर्मनीबाट १०, १० जना आउने भएका छन् । अरु मुलुकबाट भने १ देखि ९ जना आउने छन । अधिकांश मुलुकबाट भने २ देखि ३ जना आउने कन्फर्म भएको लगानी बोर्डले जानकारी दिएको छ ।


क्लिकमान्डु