न्यारोबडी जहाज इजरायलबाट सोमबार नेपाल ल्याउँछौंः मन्त्री तामाङ



काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमवार काठमाडौं विमानस्थलमा आउने बताएका छन् ।

आइतबार मन्त्री तामाङले यस्तो बताएका हुन् । उनले लोमा समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौैं विमानस्थल आउने बताए । उनले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको बताए ।

उनले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गरे । मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताए ।

मन्त्री तामाङले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको जनाए । उनले ढिलै भएपनि सोमबार जहाज मर्मत पछि नेपाल ल्याउन लागिएको बताए ।

उनले युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकासमा सिधा उडान गर्ने कार्ययोजना बनाउने विषयमा अडिक रहेको जनाए । उनले आकाशमा जुनसुकै देशको जहाज पनि उडान गर्न पाउनुपर्ने बताए । उनले कार्ययोजना बनाउनको लागि सम्बन्धित निकाय,विज्ञहरुसँग छलफल गरी रहेको बताए ।


क्लिकमान्डु